झुक्याएर समाजवादीमा सनाखत गराएकी निर्मला एमालेमै फर्किइन्



कपिलबस्तु । नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने जिल्लाकी एक्लो जनप्रतिनिधि निर्मला सुनार एमालेमै फर्किएकी छन् ।  

मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) मा सनाखत गरेकी निर्मलाले आफू बजार गएको बेला मौका छोपेर निर्वाचन कार्यालयमा पुर्‍याई जबरजस्ती सनाखत गराएको आरोप लगाएकी छन् ।  

बुधवार विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाका कार्यपालिका सदस्य निर्मलाले आफ्नो काममा तौलिहवा गएका बेला निर्वाचन कार्यालयमा काम छ भनी लगेको र परिबन्दमा पारेर केही कागजातमा हस्ताक्षर गराएको उल्लेख गरेकी छन् ।

‘हिजो तौलिहवा कामको सिलसिलामा गएको थिए । दुई तीन जना साथीहरूले निर्वाचन आयोगमा जाम भनेर लगेर सनाखत गराउनु भयो । ५ बजे घर फर्किएपछि समाजवादीमा गएको हो भनेर फोन आयो । मिडिया र फेसबुकमा हेरे । म एमाले मै बस्छु,’ सुनारले भनेकी छन् ।

सुनारले मंगलवार नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।

यसैगरी शिवराज नगरपालिका-१० का अध्यक्ष मञ्जु मिश्रले जसपा छाडेर लोसपामा सनाखत गरेकी छन् । जनता समाजवादी पार्टीबाट उप निर्वाचनबाट विजयी भएका मिश्राका श्रीमान् महन्त ठाकुरतर्फ लागेपछि उनले पतिकै दल रोजेकी हुन् । मिश्राका पति रबीदत्त मिश्र लोकतान्त्रिक समाजवादी पाटीका केन्द्रीय नेता हुन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को