तिजमा घाम लाग्छ कि पानी पर्छ ? यस्ताे भन्छन्ः माैसमविद्



सांकेतिक तस्विर

बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड-१९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि कोभिड-१९ कै जोखिम छ ।

यद्यपि, तिजमा ब्रत बस्ने, एकाघर परिवारमा रमाइलो गर्दा समस्य नहुने जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

अर्काे चिन्ता छ- आइतबार साँझबाट मौसम प्रतिकूल बनेपछि यो पटकको तिज पनि हिलाेमय हुने त होइन ? आइतबार रातिकोजस्तो ठूलो वर्षा नभए पनि सोमबार राति पानी परेको छ ।

मंगलबार बिहान काठमाडौंसहितको आकाशमा बादल लागेको छ- प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार दिउँसो भारी वर्षाको सम्भावना नभए पनि बादल लागिरहने र बेलाबेला पानी पर्नसक्ने उनले बताए । जसले तिजकाे पूजाआजा गर्न मठमन्दिर हिँडेका नारीलाई असर गर्नसक्छ- सडकमा हिलाे बढ्न सक्छ ।

हाल नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव छ भने पश्चिम नेपालमा मनसुनी न्यून चापीय रेखाको असर छ । उक्त रेखाका कारण सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकीका पश्चिमी भेगमा वर्षाको सम्भावना छ । हाल तराई नजिक रहेको मनसुनी रेखा उत्तर-पूर्व सर्दै गएमा अझ वर्षा हुनसक्ने आँकलन मौसमविद्ले गरेका छन् ।

‘बर्खामा पानी नपर्ने भन्ने हुँदैन । बादल लाग्ने, पानी पर्ने त भइरहन्छ,’ मौसमविद् सापकोटाले न्युज कारखानासँग भने, ‘यसले हिलो त पक्कै बनाउँछ नै तर आइतबार रातिको जस्तो ठूलो वर्षा भइहाल्ने देखिँदैन ।’

तर, तिजको दिन अर्थात बिहीबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसको असर काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् सापेकाटाले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्। कमलामाई नर्सरी फर्मका संचालक समेत

राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको

सिन्धुली । फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो