यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु



सरकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । उनकाअनसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि (मंगलबार) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय विकास क्षेत्रबाट विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने रु ५अर्ब ५४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि सुधारका लागि ५ अर्ब ९४ करोड बराबरको अतरिक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्य मुलुकमा सहभागी हुने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिकास्थित छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र शसस्त्र प्रहरी भवनका लागि ८ हजार ५०० सय क्यूफिट सल्लो प्रजातिको काठ संकलन गरि स्वीकृत प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बजेटका सम्बन्धमा भेटेर नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव गरेकोमा अस्विकार गरेको कार्कीले जानकारी दिए । २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताए ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को