निर्देशक सुदर्शन थापाले सुप्रिया सँग साटे औंठी



निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् ।

केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रिया बीच सोमबार इन्गेजमेन्ट भएको छ ।

सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् ।

हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको

सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । अधिकारीको परदेशी बाध्यता र बिवस्ताको को कारण

पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा