क्लिनिकको लापरवाहीले ७ महिने बालकको मृत्यु, संचालक कटुवाल फरार



सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिका वडा नं २ स्थित ओम शान्ति हेल्थ केयर क्लीनिकको लापरवाहीका कारण ७ महिने बालकको ज्यान गएको छ ।

खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि क्लिनिकमा ल्याइएको ती बालक लाई संचालक समेत रहेका स्वास्थ्यकर्मी भुवन कटुवालले अन्तः कहि लैजानु पर्दैन यही ठिक हुन्छ भनेर उपचार गरेका थिए ।

तर,डिस्चार्ज गरिएको १० दिनपछि देब्रे पैताला पाकेपछि परिवारले पुनः उक्त क्लीनिकमा उपचारका लागि ल्याएका थिए ।

मृतक बालकका मामा र आफन्तहरुले यहाँ ठिक हुँदैन भने हामी अन्त लैजान्छौं भने, तर भुवनले भने तपाईहरु डराउनु पर्दैन, यो यहीं ठिक हुन्छ।

त्यसपछि क्लिनीकमा पुनः भर्ना गरियो । गत १६ गते बालकको घाउ सुकाउन भन्दै स्वास्थ्यकर्मीले इन्जेक्सन लगाए थिए। आमा मञ्जु भन्छिन्ः छोरालाई डाक्टरले इन्जेक्सन लगाएपछि तत्कालै बेहोस् भएको छोरोले आँखै खोलेन । छोरो कहिले बोल्छ? भनेर पटक-पटक सोध्दा स्वास्थ्यकर्मीले एक घण्टा, दुई घण्टापछि भनिरहे तर
१६ गते बिहान ४ बजेसम्म होस नखुलेपछि सञ्चालक भुवन कटुवालले तपाईको छोरालाई काठमाडौ लैजानुस् भने ।

बहाेस बालक लाई १७ गते पाटन अस्पताल लगेको ५ मिनेटमैं डाक्टरले मृत घोषणा गरे । सोही अस्पतालमा पोष्ट मार्टम गर्दा रिपोर्टमा ‘एनेस्थेसिया’ बहोस बनाउने औषधीको डोज बढी भएका कारण वालकको मृत्यु भएको खुल्यो ।

उक्त पोष्ट मार्टम रिपोर्ट पछी क्लीनीकमा रहेको स्वास्थ्यकर्मीहरु फरार भएका थिए । भने, संचालक भुवन लाई मृतक बालका आफन्त र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

संचालक कटुवाल छुटाउन स्थानीय सरकार देखी प्रहरी सम्मको दवाब

क्लिनिक संचालक भुवन लाई छोड्न,तीनपाटन गाउँपालिका वडा नं २ का अध्यक्ष हेमबहादुर श्रेष्ठ र ईलाका प्रहरी कार्यालय बेलघारीका इन्चार्ज अरुण झाले दवाब दिएको मृतक बालकका मामा रामधन तामाङले सिन्धुली दर्पण सँग बताए ।

उनले भने, तत्कालै छोड्नुस् नत्र मुद्धा लाग्छ भन्दै प्रहरी र अध्यक्षको दबाबपछि हामीले उनलाई छाडेका थियौँ । तर,अहिले भुवन पनि फरार छन् ।

यसैबीच घटनालाई ढाक छोप गर्न स्थानीय सरकार प्रमुख देखी प्रहरी प्रशासन र राजनैतिक दलका नेताहरुको समेत सक्रियता बढेको छ । भने आज दिनभरी स्थानीयले क्लिनिक अगाडी सडक नै बन्द गरेर प्रदर्शन गरेको थिए।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌