सिन्धुलीका कुनैपनि एमाले जनप्रतिनिधी समाजबादीमा नजाने



माधव कुमार नेपालले एमाले बिभाजन गरेर बनेको एकिकृत समाजबादी पार्टीमा सिन्धुलीका कुनैपनि जनप्रतिनिधी जनाने भएका छन् ।

नेकपा एमालेमा बिवाद श्रृजना हुदा देखि नै माधव नेपालको पक्षमा लागेकाहरु समेत पार्टी विभाजन गरेर नया दल दर्तामै गएपछि भने एमालेमै बस्ने भन्न थालेपछि जनप्रतिनिधीहरु समेत हच्केका छन्।

जिल्ला समन्वय प्रमुख सहित सिन्धुलीका ३ वटा पालिकामा प्रमुख उप प्रमुख र एउटा पालिकामा उपप्रमुख निर्वाचित भएको एमालेका ४ वटै पालिकाका प्रमुख उप प्रमुख एमालेमै रहने छन ।

नेकपा एमालेले चुनाव जितेका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका प्रमुख र उप-प्रमुख तथा तीनपाटन गाउँपालिकाकी उपप्रमुख नेकपा एमालेमै रहने भएका छन्।

सिन्धुलीको जिल्ला सदरमुकाम रहेको कमलामाई नगरपालिकाका प्रमुख यसअघि, माधव नेपाल समुहमा रहेको बताइए पनि आजबाट एमाले मै रहने घोषणा गरेका छन ।

यस अघि माधव नेपाल समुहमा रहेको भनिएका वडा नं ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङले आफु बिभाजनको पक्षमा नरहेको बताए।

एमाले सिद्धार्थनगरका अनुसार सिद्धार्थनगरमा३जना जनप्रतिनिधीले मात्रै सदस्यता नबिकरण गर्न बांकी रहेको छ।

साउन मसान्त सम्म नबिकरण गर्न आब्हान गरेको एमालेले भदौ महिनाभरी सदस्यता नबिकरणको समय थप गर्ने र संगठन कमिटीहरु लाई २०७४ बैशाख २ मा फर्काउने सहमती भएको जनाएको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनको २१ दिनभित्र नयाँ दल रोजेमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल त्यागको कानून नलाग्ने सुविधा दिएकोले एकिकृत समाजबादीले अरु जनप्रतिनिधीहरु पनि आफ्नो पक्षमा आउने अपेक्षा गरेको छ।

तर उक्त अवधिमा जनप्रतिनिधिले दल परिवर्तन गर्ने कुनै सम्भावना नभएको दावी एमालेको छ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌