लागूऔषध सहित दुई भारतीय पक्राउ



सर्लाहीको मलंगवा स्थित नेपाल–भारत सीमानाका बाट अवैध लागूऔषध सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्स सहित शुक्रबार दिउँसो दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी शहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो ।

सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५/५ लिटर क्षेमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डर बाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ ।

उनीहरू माथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताए ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालीहरुको महान् चाड वडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सुरक्षा योजना बनाएको छ ।

सिन्धुली । चर्को आवाज निकाल्ने  मोडिफाई गरिएका मोटरसाइकलहरु सडकमा गुडिरहँदा पनि प्रहरी मौन बसेको छ । सिन्धुलीमा पछिल्लो समय केही

सिन्धुलीको दुधौली नगरपालिका २ जलकिनि र तीनचम्के बाट भरुवा बन्दुक सहित पाँच जना पक्राउ पसेका छन् । बन्दुक सहित जलकिनी