नेपाल र भारतले खेले १-१ गोलको बराबरी



नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

बिहीबार दशरथ रंगशालामा भएको फटबल खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् ।

सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

नेपालको लागि अन्जन बिष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे ।

खेलमा अग्रता भने नेपालले बनायो । नेपालका अन्जन बिष्टले खेलको ३६ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

भारतका डिफेण्डर चिङ्लेन्साना सिङ कोन्साम र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् ।

दोस्रो हाफको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले खेल बराबरीमा पुर्‍याए । भारतका कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरे पनि गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन् ।

पहिलो हाफमा नेपालले गोलसँगै बल पोजिसनमा समेत पकड जमाएको थियो । भारतले पहिलो हाफमा कुनै पनि अवसर बनाउन सकेन । नेपालले भने दुई अवसर बनायो ।

यता, दोस्रो हाफमा भने भारतले सुरुवातमै तीन खेलाडी परिवर्तन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो । बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि कुनै गोल हुन सकेन ।

खेलमा नेपालका नितिन थापाले डेब्यु गरे । च्यासल क्लब र पोखरा थण्डर्सबाट खेलेका नितिनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलको ८५ मिनेटमा तेज तामाङको स्थानमा मैदानमा पठाएका हुन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीमाढीमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा वाईसिएललाई पराजित, अखिल(क्रान्तिकारी) विजयी भएको छ । बडा दशैं तथा तिहारको अवसरमा नेकपा(माओवादी

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बिहीबार क्लबले