लुम्बिनी प्रदेशमा एक सांसद मात्रै एकीकृत समाजवादीमा



दाङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् ।


पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् ।

यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् ।


लुम्बिनीमा दोस्रो पुस्ताका रूपमा परिचित एमालेका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरू एमालेमै बसेपछि लुम्बिनी प्रदेशसभा सदस्य पन्थी पनि तथस्ट बसेका हुन् ।

पहिले पनि लुम्बिनीमा केपी शर्मा ओलीकै पकड थियो । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि दोस्रो पुस्ताका नेताहरू एमालेमै रहदा नेपाल कमजोर बनेका हुन् ।

लुम्बिनीमा एमालेका ३७ जना प्रदेशसभा सदस्य छन् ।

तत्तकालीन समयमा एमालेका ४१ जना सांसद रहे पनि राजनीतिक घटनाक्रममा कपिलबस्तुका दीर्घनारायण पाण्डे र दाङका अमरबहादुर डागीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । त्यस्तै नेकपाबाट उपचुनावमा विजयी दाङकी विमला कुमारी वलीले अदालतले एमाले र माओवादी ब्यूताइदिएपछि माओवादी केन्द्र रोजेकी छन् ।

यस्तै सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाही स्वतन्त्र सांसदको रूपमा सरकारमा सहभागी छन् । वली र शाहीलाई एमालेले प्रदेश सांसदबाट निलम्बन गर्न माग गर्दै प्रदेशसभा चल्न दिएको छैन ।

तर, लुम्बिनी प्रदेशसभाले भने दुवैलाई कारबाही गर्न नपर्ने भन्दै जवाफ दिइसकेको छ । यस आधारमा एमालेका लुम्बिनीमा ३६ मात्रै सदस्य कायम छन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को