अनेमसंघ कमलामाईको अध्यक्षमा पाण्डे चयन



सिन्धुली । नेकपा एमाले निकट अनेमसंघको कमलामाई नगर कमिटीको दोस्रो नगर सम्मेलन मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

सम्मेलनले विमला पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।


सम्मेलनले उपाध्यक्षमा देवी देवकोटा, सचिवमा शुशिला सुनुवार, सहसचिवमा सुमित्रा आले र कोषाध्यक्षमा सरिता राईलाई चयन गरेको छ ।


सम्मेलनले सदस्यमा शिवमाया बस्नेत, रेशममाया वि.क, उमा वि.क, राधा थापा, सुमित्रा आले, गिता बस्नेत, यशोदा काफ्ले, नन्द कुमारी जर्गा, अस्मीता कार्की, गंगा बोहोरा, प्रतिमा कुमारी कुमँर, तारा माझी, मिना वि.क, देवी श्रेष्ठ, सेतिमाया ठकुरी, निर्मला रम्तेल, गिता कार्की (काफ्ले), देवका फुयाँल, सर्मिला के.सी, गंगा पहाडी लक्ष्मी थापालाई चयन गरेको छ ।


यस्तै शोभा ढुंगेल, बुनु कुमारी राजभण्डारी, पुतली वि.क, किरण मगर, मिठू दर्नाल, भक्त कुमारी घिमिरे, गनीमाया मुदेल, रेखा कुमारी खतिवडा(सुनुवार), सविता पहाडी, संगिता परियार, लालमाया घिसिङ, संगिता तामाङ, सविता लामा, सरिता श्रेष्ठ, चिनिमाया सुनुवार, रेनुका बम्जन, मखमली देवकोटा, सिता ढकाल, चित्र कुमारी थापा, मुना श्रेष्ठ, रमा बुढाथोकी, अप्सरा कार्की, विनु दाहाल, पम्फा खड्का, बाल कुमारी कटुवाल, कुमारी गौरी श्रेष्ठ, उमा शर्मा, हिरा देवकोटा, शिवमाया रायमाझी, सपना श्रेष्ठ, लिला श्रेष्ठ लगाएत सदस्यमा चयन भएका छन ।
सम्मेलनले भदौ १५ गतेसम्म नगरपालिकाका १४ वटै वडामा वडा सम्मेलन गरिसक्ने निर्णय समेत गरेको छ ।


अनेमसंघ नगरकमिटी उपाध्यक्ष सरिता राईको अध्यक्षता तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज उमा कोईराला, एमालेका उपसचिव तथा नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य रमा शर्मा, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, अनेमसंघका जिल्ला अध्यक्ष पार्वती सुनुवार, जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, अनेमसंघका जिल्ला सचिव पार्वती भट्राई, अनेमसंघका जिल्ला सदस्य रमा कार्की, नेकपा नगर सचिव कृष्णहरी घिमिरे, अनेमसंघका पूर्व जिल्ला अध्यक्ष अप्सरा खड्का लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।


बक्ताहरुले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले आगामी दिनमा संगठनलाई मजबुद बनाउँदै काम गर्नुपर्ने चुनौती रहेको बताएका थिए ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज